दक्षिण अफ्रिका ओलम्पिक रग्बी सेभेन्सको सेमिफाइनलमा प्रवेश

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिण अफ्रिका ओलम्पिक रग्बी सेभेन्सको सेमिफाइनलमा प्रवेश

काठमाडौं । दक्षिण अफ्रिका पेरिस ओलम्पिक २०२४ अन्तर्गत ओलम्पिक रग्बी सेभेन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए राति सम्पन्न खेलमा न्युजिल्यान्डलाई १४-७ ले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको हो । गत महिना अन्तिम रिपेचेज स्लट जितेर ओलम्पिकका लागि छनोट भएको दक्षिण अफ्रिकाका लागि सेल्विन डेभिस र ट्रिस्टन लेड्सले १-१ ट्राइ गरे । दुवै ट्राइलाई लेड्सले कन्भर्ट गरेपछि दक्षिण अफ्रिका दुवै पटक बोनस अंक जोड्न सफल भयो ।

टोकियो ओलम्पिकको रजत पदक विजेता न्युजिल्यान्डका लागि मोसेस लियोले १ ट्राई गरेपनि प्रयाप्त हुन सकेन । दोस्रो हाफमा न्युजिल्यान्ड आक्रामक देखिएको थियो तर दक्षिण अफ्रिकी रक्षापंक्तीले न्युजिल्यान्डलाई सफल हुन दिएन । 

यस्तै अस्ट्रेलीयाले अमेरिकालाई १८-० ले पराजित गर्‍यो भने फिजिले आयरल्यान्डलाई १९-१५ ले पराजित गर्‍यो । फ्रान्सले अर्जेन्टिनाविरुद्ध २६-१४ को सहज जित हात पार्‍यो । अब सेमिफाइनलमा दक्षिण अफ्रिका र फ्रान्स तथा फिजि र अस्ट्रेलिया प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement