एक्सपोजरको अभावमा उपाधि जित्ने लक्ष्य अधुरै भयो : प्रशिक्षक राई

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एक्सपोजरको अभावमा उपाधि जित्ने लक्ष्य अधुरै भयो : प्रशिक्षक राई

काठमाडौं । अन्डर ट्वेन्टी महिला भलिबल टिमका प्रशिक्षक कुमार राईले एक्सपोजरको अभावमा उपाधि जित्ने लक्ष्य पूरा हुन नसकेको बताउनुभएको छ ।

माल्दिभ्समा सम्पन्न काभा अन्डर ट्वेन्टी च्याम्पियनसिपमा तेस्रो हुँदै आज (बिहीबार) स्वदेश फर्किएपछि प्रशिक्षक राईले पहिलोपटक कोर्टमा उत्रिएका खेलाडीमा आत्मबल कमजोर देखिएको टिप्पणी गर्नुभयो । तेस्रो स्थानका लागि भएको खेलमा भने नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

नेपालले लिग चरणमा श्रीलंकासँग ३-१ र किर्गिस्तानसँग सोझो सेटको हार बेहोरेको थियो । माल्दिभ्सलाई दुवै पटक सोझो सेटमा पराजित गरे पनि सेमिफाइनलमा किर्गिस्तानसँग हारेपछि नेपालको उपाधि यात्रा रोकिएको थियो ।

टिमलाई निरन्तर अभ्यास, प्रतियोगिता र अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको खेलाडीहरुको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement