नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्कियो

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्कियो

काठमाडौं । एसीसी महिला एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किएको छ ।

इन्दु बर्माको कप्तानीमा रहेको टिम श्रीलंकाबाट आज (बिहीबार) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गरेको हो । नेपाल प्रतियोगितामा समूह चरणबाट बाहिरिएको थियो । तर एसिया कपमा जितविहीन यात्रामा भने नेपालले पूर्णविराम लगायो ।

नेपालले समूहको पहिलो खेलमा सम्झना खड्काको ७२ रनको मद्दतमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो । जुन एसिया कपमा नेपालले हात पारेको पहिलो जित थियो । बाँकी दुई खेलमा भने अपेक्षा गरेअनुसारको प्रदर्शन गर्न सकेन ।

पाकिस्तानसँग ९ विकेट र भारतसँग ८२ रनले पराजित भएको थियो । नेपालले तेस्रोपटक एसिया कप खेलेको हो । यसअघि सन् २०१२ र २०१६ मा नेपालले सहभागिता जनाएको थियो ।

यो पनि...

एक्सपोजरको अभावमा उपाधि जित्ने लक्ष्य अधुरै भयो : प्रशिक्षक राई


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement