एसीसी महिला एसिया कप : भारतद्वारा नेपाललाई १ सय ७९ रनको लक्ष्य

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी महिला एसिया कप : भारतद्वारा नेपाललाई १ सय ७९ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला एसिया कपमा भारतले नेपाललाई १ सय ७९ रनको लक्ष्य दिएको छ । 

 श्रीलङकाको रांगिरी दाम्बुला इन्टरनेशनल स्टेडियममा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रनको बनाएको हो । 

नेपाली बलरले आजको खेलमा असली परीक्षाको सामना गरे । पहिलो विकेटका लागि उनीहरुले १४ ओभर सम्म संघर्ष गर्नु पर्‍यो । भारतले पावर प्लेमा विना क्षती ५० रन बनाएको थियो । सेफाली बर्मा र दयालान हेमालथाले १ सय २२ रनको ओपनिङ साझेदारी गरे । सेफालीले २६ वलमा अर्धशक बनाउदै भारतलाइ विशाल योगफल तर्फ डोर्याएकी हुन् । उनको टी-ट्वान्टी आईमा यो दशौं  अर्धशतक हो ।

एघार ओभर चार वलमा सीता राना मगरको बलमा कप्तान इन्दु बर्माले बाउन्ड्रीमा हेमालथाको क्याच ड्रप गरेकी थिइन् । सो वेला हेमालथाले ३८ रन बनाएकी थिइन् । १४ औं ओभरमा सीताले ४७ रन बनाएकी हेमालथालाइ क्याच आउट गर्दै ब्रेक थ्रू दिलाएकी थिइन् । सीताले नै ८१ रन बनाएकी सेफालीको पनि विकेट लिइन् । कविता जोशीले एक विकेट लिइन् ।

आजको खेलमा प्रशिक्षक मनोज कटुवालले प्लेइङ इलाभेनमा दुइ परिवर्तन गरेका छन् । रोमा थापा र कृतिका मरासिनीको स्थानमा सवनम राइ र डली भट्ट टिममा छन् । डलीको जारी प्रतियोगितामा यो पहिलो खेल हो । भारतले नियमति कप्तान हर्मनपि्रत कौरलाइ आराम दिएको छ ।

उनको स्थानमा स्मृति मन्धनाले नेतृत्व सम्मालेकी छिन् । समुह एमा भारत अपराजित रहँदै दुई खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल दुई अंक जोड्दै तेस्रो स्थानमा छ । यूएईलाई ६ विकेटले पराजित गरेको नेपाल पाकिस्तानसँग ९ विकेटले हारेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.