पेरिस ओलम्पिक २०२४ ऐतिहासिक र शानदार हुनेछ : अध्यक्ष थोमस वाख

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिक २०२४ ऐतिहासिक र शानदार हुनेछ : अध्यक्ष थोमस वाख

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाखले विश्वव्यापी ध्रुवीकरण, अवरोध र बढ्दो विभाजनकारी शक्तिहरूको समयमा पेरिस ओलम्पिक २०२४ ऐतिहासिक र शानदार प्रतियोगिता हुने बताएका छन् ।

फ्रान्सको राजधानी पेरिसमा हुने यस पटकको ओलम्पिकमा महिला र पुरुष खेलाडीको सङ्ख्या बराबरी हुँदा अध्यक्ष वाखले यो ओलम्पिकले विश्व भर लैङ्गिक  समानताको सेन्देश दिने समेत बताउनु भयो । 

१६ दिन सम्म चल्ने यस पटकको ओलम्पिकमा २ सय ६ देशका १० हजार ५ सय खेलाडीहरू प्रतिस्पर्धा गर्दै छन् । पेरिसमा १ सय वर्ष पछि आयोजना हुन लागेको प्रतियोगिताका लागि ३० हजार सुरक्षा अधिकारीहरू परिचालन गरिने छन् । 

वाखले आगामी वर्षहरूमा राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय महासंघ र अन्य सरोकारवालाहरूलाई वितरण गरिने राजस्वमा पनि एकरूपता ल्याउन आईओसीको ध्यान केन्द्रित भएको बताउनु भयो । 

आईओसीले २०२५-२८ को लागि ७.३ बिलियन डलर सुरक्षित गरिसकेको छ भने २०२९-२०३२ को अवधिका लागी ६.२ बिलियन डलर उठाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.