काभा अन्डर- २० महिला भलिबलको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा पराजित

उपाधिका लागि किर्गिस्तानले श्रीलंकाको सामना गर्ने
श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा अन्डर- २० महिला भलिबलको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा पराजित

काठमाडौं । काभा अन्डर ट्वेन्टी महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा पराजित भएको छ ।

मालदिभ्सको मालेमा गए राति सम्पन्न खेलमा नेपाल ३-० ले पराजित भएको हो । पहिलो सेट १४-२५ ले गुमाएको नेपालले दोस्रो सेटमा केही सुधारिएको प्रदर्शन गरे पनि २२-२५ ले नतिजा सुम्पिन पुग्यो । तर तेस्रो सेटमा खराब प्रदर्शन गरेपछि १३-२५ ले पछि पर्दै नेपाल सोझो सेटमा पराजित हुन पुग्यो । लिग चरणमा पनि नेपाल किर्गिस्तानसँग ३-० कै सेटमा पराजित भएको थियो ।

पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले मालदिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । लिग चरणबाट किर्गिस्तानले दोस्रो र नेपालले तेस्रो तथा श्रीलंका पहिलो र मालदिभ्स चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । 

अब नेपालले तेस्रो स्थानका लागि मालदिभ्सको सामना गर्नेछ । फाइनलमा किर्गिस्तान र श्रीलंका भिड्ने छन् । फाइनल र तेस्रो स्थानको खेल भोली खेलिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.