एन्फा यू-१८ युथ लिग : सातदोबाटो युथ क्लबले मछिन्द्रलाई बराबरीमा रोक्यो

श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा यू-१८ युथ लिग : सातदोबाटो युथ क्लबले मछिन्द्रलाई बराबरीमा रोक्यो

काठमाडौं । एन्फा यू-१८ युथ लिगमा सातदोबाटो युथ क्लबले अंकविहीन यात्रामा पूर्णविराम लगाएको छ । आज भएको खेलमा सातदोबाटोले मछिन्द्र एफसीलाई एक–एक गोलको बराबरीमा रोकेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा मछिन्द्रले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । ६३ औं मिनेटमा रोनिक राना मगरले डेडलक तोड्दै मछिन्द्रलाई एक–शून्यले अघि बढाएका थिए ।

तर सातदोबाटोले खेलमा पुनरागमन गर्‍यो । ७९ औं मिनेटमा आदेश लामाले गोल गरेपछि खेल एक–एकको बराबरीमा पुगेको थियो । त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा अंक बाँडेका हुन् ।

सातदोबाटोले लिगको तेस्रो चरणमा आएर अंकको खाता खोलेको हो । उसको तीन खेलबाट एक अंक भएको छ । अपराजित मछिन्द्रको तीन खेलबाट पाँच अंक भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.