इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटीले भने- ‘परिकथामा होइन, सपनामा विश्वास छ’

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटीले भने- ‘परिकथामा होइन, सपनामा विश्वास छ’

काठमाडौं । युरो कपको फाइनल अगाडि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटीले परिकथामा विश्वास नगर्ने र सपनामा विश्वास गर्ने बताएका छन् । युरो फाइनलमा आज राति इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ ।

उनले आफ्नो टिममा सबैजना फिट रहेको र चुनौति स्वीकार गर्न तयार रहेको पनि बताएका छन् । खेलअघि गएराति आयोजना भएको प्रिम्याच प्रेस कन्फरेन्समा उनले पछिल्लो केही हप्तामा टिममा सुधार आएको जानकारी दिए । युरोको फाइनलमा पुगेपछि इंग्ल्यान्डको टिमका खेलाडी पिचमा समयमा बिताउँदा खुसी भइरहेका छन् । 

यसै कारण टिमका सबै सदस्यले सबै सेसनमा हर सम्भवको प्रयास गरिरहेका छन् । साउथगेटीले आज राति हुने खेलमा दुई टिमबीचको सानो अन्तरले नै जित हारको निश्चित हुने बताएका छन् । यसै कारण उनको टिम त्यो सोनो फरकका सन्दर्भमा अगाडि रहने सबै प्रयास गरिरहेको छ । 

फुटबललाई आदर गर्दै मैदानमा उत्कृष्ट ९० मिनेट बिताउने उनको भनाइ थियो । युरो फाइनलमा आज राति पौने १ बजे स्पेनले इंग्ल्यान्डको सामना गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.