दोस्रो टी-ट्वेन्टी आईमा भारतले जिम्बाब्वेलाई एक सय रनले हरायो

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
दोस्रो टी-ट्वेन्टी आईमा भारतले जिम्बाब्वेलाई एक सय रनले हरायो

काठमाडौं । दोस्रो टी-ट्वेन्टी आईमा भारतले जिम्बाब्वेलाई एक सय रनको फराकिलो अन्तरले हराएको छ । दुई सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे एक सय ३४ रनमा नै अलआउट भएपछि भारतले सिरिजमा १-१ को बराबरी गरेको छ ।

जिम्बाब्वेको हरारेमा भारतले पहिले ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा दुई सय ३४ रन बनाएको हो। भारतीय ओपनर अभिषेक शर्माले ४७ बलमा शतक प्रहार गरे। उनले ८ छक्का र सात चौकाको सहयोगमा शतक बनाएका हुन् । त्यसैगरी रितुराज गायकवाडले ४७ बलमा ७७ र रिन्कु सिंहले अविजित ४८ रनको योगदान गरेका थिए ।

जिम्बाब्वेका मासाकाजा र ब्लेसिङ मुजा-राबानीले समान एक-एक विकेट लिए । जवाफमा जिम्बाब्वेले १८ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ३४ रन बनायो । बियन बेनेटले नौ बलमा २६ रनको योगदान गरे। सिकन्दर राजा चार रनमा आउट भए पनि वेजली मधवेराले ४३ तथा लुके जोङ्वेले ३३ रन जोडे ।

भारतका मुकेश कुमार र अभेष खानले ३-३ विकेट लिए । सिरिजको पहिलो खेलमा भारत १३ रनले पराजित भएको थियो। दोस्रो खेल सकिएसँगै सिरिज बराबरीको अवस्थामा पुगेको हो । सिरिजको तेस्रो खेल बुधबार हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement