साउदी प्रो लिगमा अल अहलीविरुद्ध अल हिलालको पुनरागमन जित

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिगमा अल अहलीविरुद्ध अल हिलालको पुनरागमन जित

काठमाडौं । साउदी प्रो लिगमा अपराजित अल हिलालले अल अहलीविरुद्ध पुनरागमन जित हात पारेको छ ।

डिफेन्डिङ च्याम्पियन अल हिलालले अल अहलीलाई २-१ गोल गोल अन्तरले पराजित गरेको हो । १ गोलले पछि परेको अल हिलालले कमब्याक जित हासिल गर्यो । अल हिलालको तर्फबाट दुवै गोल एलेक्सान्डर मिट्रोभिकले गरे ।

किंग अब्दुल्ला स्पोर्ट सिटीमा गाब्री भेइगाले १२ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा अल अहलीले १-० को अग्रता बनायो ।

५६ औं मिनेटमा मिट्रोभिकको गोलमार्फत अल हिलालले पुनारगमन गर्यो । ७८ औं मिनेटमा सर्बियन स्ट्राइकर मिट्रोभिकले पेनाल्टीमार्फत दोस्रो गोल थपेपछि अल हिलाल विजयी भयो ।

यससँगै ६ खेलमा ६ जित सहित १८ अंक जोडेको अल हिलाल तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको अल इत्तिहादको समान खेलमा १५ अंक छ । क्रिस्टियानो रोनाल्डोको अल नासर १४ अंकका साथ तेस्रोमा छ ।

पराजित अल अहली ६ खेलमा ७ अंक सहित १० औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement