टी-ट्वेन्टी विश्वकप : अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
टी-ट्वेन्टी विश्वकप : अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

काठमाडौं । टी-ट्वेन्टी विश्वकपको सुपर एटको समूह दुई अन्तर्गतको खेलमा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । यो सँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले दिएको ११६ रनको लक्ष्य दिएको थियो । इंग्ल्यान्डले विनाविकेटको क्षतिमा ६२ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो ।

इंग्ल्यान्डका लागि जोस बटलरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ३८ बलमा ६ चौका र ७ छक्का प्रहार गरे । अर्का ब्याटर फिल साल्टले २५ रन जोडे ।

पहिलो इनिङमा अमेरिकाले १८.५ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो । अमेरिकाका लागि नीतिशकुमारले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए । कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए । यस्तै हरमित सिंहले २१, स्टिभन टेलरले १२ तथा कप्तान एरोन जोन्सले १० रन बनाए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डानले ४, साम कुरान र आदिल रसिदले २-२ तथा रिक्की टोप्ले र लियाम लिभिङस्टोनले १-१ विकेट लिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.