कोपा अमेरिका फुटबलमा भेनेजुयलाद्वारा इक्वेडर पराजित

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोपा अमेरिका फुटबलमा भेनेजुयलाद्वारा इक्वेडर पराजित

काठमाडौं । कोपा अमेरिका फुटबलमा भेनेजुयलाले इक्वेडरलाई पराजित गरेको छ । लेभिस स्टेडियम क्यालिफोर्नियामा आज बिहान सम्पन्न खेलमा भेनेजुयलाले १० खेलाडीमा समेटिएको इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

जित दर्ता गर्ने क्रममा भेनेजुयलाले १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्‍यो । खेलको २२ औं मिनेटमै इनर भ्यालेन्सियाले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ४० औं मिनेटमा जेरेमी सार्मिएन्टोले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भेनेजुएलाले सानदार पुनरागमन गर्दै २ गोल गर्‍यो । ६४औं मिनेटमा जोन्डर काडिज र ७४ औा मिनेटमा एडवार्ड बेलोले गोल गरे ।

यसै समूहको अर्को खेलमा मेक्सिकोले जमैकालाई १-० ले पराजित गर्‍यो । मेक्सिकोको जितमा गेरार्डो आर्टेगाले एक मात्र नर्णायक गोल गरे । जितसँगै मेक्सिको समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । समान ३ अंकसहित भेनेजुएला दोस्रो स्थानमा छ । जमैकाका तेस्रो र इक्वेडर पुछारमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.