फ्रान्सका स्टार स्ट्राइकर एमबाप्पेले पेरिस ओलम्पिक नखेल्ने

असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
फ्रान्सका स्टार स्ट्राइकर एमबाप्पेले पेरिस ओलम्पिक नखेल्ने

काठमाडौं । फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पेले आफ्नै देशमा हुने पेरिस ओलम्पिक २०२४ खेल्न नपाउने भएका छन् । एमबाप्पेले हालै अनुबन्धित भएको स्पेनिस क्लब रियाल मड्रिडले ओलम्पिक खेल्न अनुमति नदिएको भन्दै आफू ओलम्पिकका लागि उपलब्ध नहुने पुष्टि गरेका हुन् ।

२५ वर्षीय एमबाप्पेले घरेलु खेलहरूमा खेल्न इच्छुक भएपनि क्लबले अनुमति नदिएको बताएका छन् । रियालले ओलम्पिक फुटबल प्रतियोगिता फिफाको क्यालेन्डरमा नभएको भन्दै आफ्ना खेलाडीहरुलाई अन्तर्राष्ट्रिय खेलका लागि स्विकृती नदिएको बताएको छ । पुरुष ओलम्पिक फुटबलका खेलहरु जुलाई २४ बाट सुरु हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.