पाँच वर्षमा सक्ने भनिएको केन्द्रीय खेल प्रतिष्ठान निर्माणको काम १५ वर्षमा पनि पूरा भएन

जेष्ठ ३०, २०८१ |बालकृष्ण अधिकारी
पाँच वर्षमा सक्ने भनिएको केन्द्रीय खेल प्रतिष्ठान निर्माणको काम १५ वर्षमा पनि पूरा भएन

हेटौँडा । खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न भौतिक पूर्वाधारयुक्त केन्द्रीय खेलकुद प्रतिष्ठानको परिकल्पना सहित हेटौँडा-६ गौरीटारमा २०६६ सालमा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण थालियो । पाँच वर्षभित्र सञ्चालनमा ल्याउने भनिएको प्रतिष्ठान बजेट अभावमा १५ वर्ष बितिसक्दा पनि बन्न सकेन । अहिले बनेका संरचना पनि बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्‌ अन्तर्गत राखिएको छ । हेर्नुहोस् भिडियो रिपोर्ट :-


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।