ताजकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेलेर फर्कियो नेपाली फुटबल टिम

मंसिर ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
ताजकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेलेर फर्कियो नेपाली फुटबल टिम

काठमाडौं । दुई मैत्रीपूर्ण खेलमध्ये एक खेलमा हार र अर्को खेलमा जित दर्ता गरेको नेपाली फुटबल टिम आज स्वदेश फर्किएको छ । सात खेलको जितविहीन यात्रामा पूर्णविराम लगाएको नेपाली टिम आज साँझ स्वदेश फर्किएको हो।

नेपालले ताजकिस्तान भ्रमणमा दुई खेल खेलेकोमा पहिलो खेलमा ताजकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो । दुसानवेको सेन्ट्रल रिपब्लिकन रंगशालामा भएको खेलमा नेपाल घरेलु टोलीसँगै ४-० ले पराजित भएको थियो ।

तर गत शनिबार भएको अफगानिस्तानसँगको खेलमा नेपालले क्लिन सिट राख्दै दुई गोल गरेको थियो । नेपालका लागि जिलेस्पीजंग कार्की र डिफेन्डर रोहित चन्दले गोल गरेका थिए । रोहितले नेपालका लागि करियरकै पहिलो गोल गरेका थिए । उनले डेब्यू गरेको १५ वर्षपछि नेपालका लागि गोल गरेका हुन् ।

अफगानिस्तानविरुद्धको जित नेपालले एक वर्षपछिको पहिलो थियो । त्यसैगरी नेपालले १३ वर्षपछि अफगानिस्तानलाई हराएको थियो । यसअघि नेपालले सन् २०११ मा एएफसी च्यालेन्ज कपमा अफगानिस्तानलाई १-० ले हराएको थियो । पाँच महिनापछि अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली टोलीको टिकेटिङ समस्या भएपछि ताजकिस्तान जाँदा भारतको बाटो हुँदै गएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.