जेनेभा ओपन टेनिसको सेमिफाइनलबाट बाहिरिए जोकोभिच

जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
जेनेभा ओपन टेनिसको सेमिफाइनलबाट बाहिरिए जोकोभिच

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच जेनेभा ओपन टेनिसको सेमिफाइनलबाट बाहिरिएका छन् । गए राति जेनेभामा सम्पन्न खेलमा टोमस मचाकसँग ३ सेटमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएका हुन् ।

चेक गणतन्त्रका मचाकले जोकोभिचलाई ६-४, ०-६, ६-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाए । उनी पहिलो पटक एटीपी टुरको फाइनलमा पुगेका हुन् । तेस्रो सेटमा जोकोभिचको स्वास्थ्यमा समस्या आएपछि मेडिकल टाइमआउट लिएका थिए । क्ले कोर्टमा पहिलो पटक शीर्ष १० वरियाता भित्रका खेलाडीको सामना गरेका मचाक सन् १९८७ मा टोमस स्मिडपछि जेनेभामा फाइनल पुग्ने पहिलो चेक नागरिक बनेका छन् ।

२४ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचले यस सिजन कुनै उपाधि जित्न सकेका छैनन् । इटालियन ओपनको अन्तिम ३२ मा अलेजान्ड्रो ताबिलोसँग पराजित भएपछि उनलाई जेनेभा ओपनका लागी वाइल्ड कार्ड प्रदान गरिएको थियो । जोकोभिचलाई भोलिबाट सुरु हुने फ्रेन्च ओपन ग्रान्ड स्ल्याको उपाधि रक्षा गर्नुपर्ने चुनैती छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.