काठमाडौं । टेबल टेनिसका स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट भएका छन् । पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ फाइनलमा नेपालकै संयोग कपालीलाई ४-३ ले हराउँदै ओलम्पिका छनोट भएका हुन् ।
ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि ओलम्पिकमा संगीना वैद्य र दीपक विष्ट छानिएका थिए ।