काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पिनसिप प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी प्रदेशले गण्डकीलाई सात विकेटले हराएको छ। गण्डकीले दिएको एक सय ३६ रनको लक्ष्य १७ ओभर दुई बलमा पूरा गरेर लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।
पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा सात विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो। गण्डकीका अर्जुन कुमालले ३१ र विपिन खत्रीले अविजित २७ रन बनाएका थिए। बलिङमा लुम्बिनीका लागि नर सार्कीले चार ओभरमा २२ रन मात्र खर्च गरेर चार विकेट लिए।
जवाफमा १६ बल बाँकी रहँदा तीन विकेट मात्र गुमाएर लुम्बनीले लक्ष्य पूरा गर्यो। लुम्बिनीका लागि आकाश त्रिपाठीले ४४ रन बनाए भने सुनिल भण्डारीले अविजित ६० रनको योगदान गरे। गण्डकीका कमल परियारले दुई विकेट लिए पनि जित दर्ता गर्न सकेनन्।