शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले गर्ने महिला भलिबलको विजेतालाई ५ लाख

प्रतियोगितामा ५ टिमले सहभागिता जनाउने
वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले गर्ने महिला भलिबलको विजेतालाई ५ लाख

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले यस वर्ष हुने सातौं संस्कणको महिला भलिबल प्रतियोगिताको पुरस्कार राशि बढाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा वैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा यसपटक पाँच टिम सहभागी हुनेछन् ।

विभागीय टिम नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मीसहित न्यु डायमन्ड र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रका टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

महिला सशक्तीकरण र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले यो प्रतियोगितामा हरेक वर्ष पुरस्कार रकम बढाउँदै आएको छ । छैटौं संस्करणमा प्रथम पुरस्कार ३ लाख रुपैयाँ रहेकामा यस वर्षको सातौं संस्करणमा पाँच लाख पुर्‍याइएको छ । गत संस्करणमा दोस्रो हुनेले डेढ लाख रुपैयाँ पाएकामा यस वर्ष दुई लाख ५० हजार पाउनेछन् ।

यस्तै तेस्रो पुरस्कार ७५ हजारबाट बढाएर एक लाख २५ बनाइएको छ । विधागततर्फ पनि १५ हजारबाट बढाएर २५ हजार बनाइएको छ । हरेक खेलमा म्यान अफ दी म्याच हुनेले अब १५ हजार पाउनेछन् । यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

यो नेपाली महिला भलिबल प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा ठुलो पुरस्कार राशिको प्रतियोगिता हो । प्रतिष्ठानले प्रतियोगिता अवधिभर खेलाडीको बिमा गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement