खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ : प्रधानमन्त्री दाहाल

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण पनि गरे । पोखरा रङ्गशाला, बेलझुण्डी रङ्गशाला, च्यासल रङ्गशाला निर्माण सम्पन्न गरिएको बताउँदै उनले मूलपानी रङ्गशाला, भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माणकार्य शीघ्र सम्पन्न गर्न उच्च महत्त्व दिइएको जनाए ।

कार्यक्रममा बोल्दै दाहालले पुरस्कारसम्बन्धी कानुन नै निर्माण गरी सरकारले खेलाडीहरूलाई पुरस्कृत गर्दै आइरहेको बताए । त्यसले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको पनि उनले बताए ।

पछिल्लो समय महिला खेलाडीहरूले देशभित्र र बाहिर कीर्तिमानी हासिल गरेको उल्लेख गर्दै उनले यस्ता उपलब्धी हुनु देशका लागि उत्प्रेरणा प्रदान गरेको बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.