साउदी प्रो लिग लिडर अल-हिलालको लगातार ३१ जित

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिग लिडर अल-हिलालको लगातार ३१ जित

काठमाडौं । साउदी प्रो लिगमा अल-हिलालले अल-ओख्दुदलाई हराउँदै लगातार ३१ खेलको विजयी कीर्तिमानी यात्रालाई निरन्तरता दिएको छ ।

अल-हिलालले अल-ओख्दुदलाई उसकै मैदानमा ३-० ले पराजित गरेको हो । साउदी स्ट्राइकर सालेह अल शेहरीले १६औं मिनेटमा गोल गर्दै अल-हिलाललाई अघि बढाए । दोस्रो हाफमा बार्सिलोनाका पूर्वफरवार्ड माल्कोमले गोल गर्दा अल-हिलाल २-० ले अघि रह्यो । साउदी विङ्गर सलेम अल दवासरीले ७३औं मिनेटमा गोल गर्दै अल- हिलाललाई सहज जित दिलाए ।

कीर्तिमानी जितसँगै अल-हिलालले लिगमा निकटतम प्रतिद्वन्द्वी अल-नासारसँगको दूरी १२ अंकमा पुर्‍याएको छ । अल-हिलालको २६ खेलमा ७४ अंक छ । अल-ओख्दुद भने २४ अंकसहित १५औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.