काठमाडौं । विभागीय टोली एपीएफ क्लब विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । क्वार्टरफाइनलमा एपीएफले ए डिभिजन लिग प्रतिद्वन्द्वी चर्च ब्वाइजलाई दुई-शून्य गोलले पराजित गरेको हो ।
विराटनगरको सहिद रंगशलामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५७ औँ मिनेटमा एपीएफले डेडलक तोड्यो । उसका लागि प्रदीप लामाले एक्लो प्रयासमा आकर्षक गोल गरेका थिए । ८१ औँ मिनेटमा मनिष महर्जनले अग्रता दोब्बर बनाएपछि एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो । उनका लागि फोडे फोफानाले पास उपलब्ध गराएका थिए ।
इटहरी गोल्डकप च्याम्पियन बन्दै सहभागी भएको चर्च ब्वाइजले भने पुनरागमन गर्न सकेन । अब एपीएफले सेमिफाइनलमा भोलि घरेलु टोली सांग्रिला मोरङ एफसीसँग खल्नेछ । प्रतियोगितामा आज मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउथर्न समितिको सामना गर्नेछ ।
योसँगै सेमिफाइनल समीकरण पनि पूरा हुनेछ ।