त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिज : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिज : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा आज नामिबिया र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन् । जारी सिरिजमा दुवै टिम लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स र नामिबिया दुवैले आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाललाई पराजित गरेका थिए । नामिबियाले नेपालमाथि २० रनको जित हात पारेको थियो । हिजो भएको खेलमा नेदरल्यान्ड्स दुई रनले विजयी भएको हो । 

आजको खेलमा जित हात पार्ने टिमको फाइनल सम्भावना बलियो हुनेछ । नेट रन रेटका आधारमा नामिबिया दुई अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । दुई खेलमा दुवै खेल हारेको नेपाल भने अंक विहीन छ । पछिल्लो पटक सन् २०२२ अक्टोबरमा भएको टी-ट्वेन्टी विश्वकपमा नेदरल्यान्ड्सले नामिबियालाई ५ विकेटले पराजित गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.