काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले त्रिवि क्रिकेट मैदानमा खेल हेर्न त्रिविका विद्यार्थीलाई टिकट शुलकमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
क्यानका अनुसार त्रिवि मैदानमा खेल हेर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गत कीर्तिपुरस्थित क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले अब ५० प्रतिशत छुट पाउने छन् । क्यानले आज यसबारेमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएको हो ।
त्रिवि मैदानमा खेल हेर्न लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउन विद्यार्थीले आफ्नो परिचय पत्र लिएर खेल मैदान बाहिर रहेको टिकट काउन्टर नं ४ मा सम्पर्क गर्नु पर्नेछ ।