देव खनाल बने वर्षकै उत्कृष्ट युवा खेलाडी

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
देव खनाल बने वर्षकै उत्कृष्ट युवा खेलाडी

काठमाडौं । अन्डर नाइन्टिन क्रिकेट विश्वकपमा पुर्याउन सफल टिमका कप्तान देव खनाल वर्षको सबैभन्दा उत्कृष्ट युवा खेलाडी बनेका छन् । उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट अवार्डमा वर्ष उत्कृष्ट युवा खेलाडीको सम्मान आइतबार प्रदान गरेको हो ।

देवको कप्तानीमा नेपालले भर्खरै मात्र दक्षिण अफ्रिकामा भएको विश्वकपको सुपर सिक्स सम्मको यात्रा तय गरेको थियो । त्यसअघि उनकै कप्तानीमा नेपाली टिमले एसिसि प्रिमियर कपको पनि उपाधि जितेको थियो ।

दुबईमा भएको आईसीसी विश्वकप एसिया छनोटको फाइनलमा यूएईलाई हराउँदै नेपालले विश्वकपको यात्रा तय गरेको थियो । वर्षका युवा खेलाडी मनोनयनमा राममाया बुढा (एथलेटिक्स), सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) परेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.