दोहामा नासिरद्वारा नयाँ रेकर्ड

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
दोहामा नासिरद्वारा नयाँ रेकर्ड

काठमाडौं । नासिर याहा हुसेनले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् ।

नासिरले ४०० मिटर फ्रिस्टायलमा आफैंले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा कायम गरेको ४ मिनेट ८ दशमलव २३ सेकेन्ड समयको कीर्तिमान २ दशमलव ५८ सेकेन्डले सुधार गर्दै ४ मिनट ५ दशमलव ६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्न सफल भएको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नेपालबाट नासिरका साथै एलेक्जेन्डर गादेगाद शाह, गौरिका सिंह र दुवाना लामाले प्रतिस्पर्धा गरिरहेका छन् । यो च्याम्पियनसिप फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सको छनोट प्रतियोगितासमेत रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.