काठमाडौं । अस्ट्रेलियन ओपनको पुरुषतर्फको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । चौथो चरणको अन्तिम खेलमा कार्लोस अल्काराजले जित दर्ता गरेसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
स्पेनिस खेलाडी कार्लोस अल्काराजले आज मिओमिर केसमानोविचलाई सिधा सेटमा हराएका हुन् । अल्काराजले सुरुआतका दुई सेट समान ६-४ ले जितेका थिए । तेस्रो सेटमा मिओमिरलाई शून्यमा रोक्दै अल्काराजले अन्तिम आठको यात्रा तय गरेका हुन् ।
अब क्वार्टरफाइनलमा बुधबार अल्काराजले अलेक्जेन्डर ज्वरेभको सामना गर्नेछन् । ज्वेरेभले आज क्यामरुन नोरीलाई पाँचौं सेटमा हराउँदै जित दर्ता गरेका हुन् । त्यसैगरी आजै भएको खेलमा ड्यानियल मेद्भेदेवले चौथो सेटमा हराएका छन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा जित दर्ता गरेर उनले क्वार्टरफाइनलमा होबर्ट हुर्काजको सामना गर्ने भएका हुन् ।
हुर्काजले आजै भएको खेलमा आर्थुर कायाक्सलाई सोझो सेटमा हराए । सुरुआतका दुई सेटमा टाइब्रेकरमा मात्र जितसम्म पुगेका हुर्काजल तेस्रो सेटमा भने ६-४ को जित दर्ता गरेर क्वार्टरफाइनल पुगेका थिए ।
यो पनि...