भिक्टोरिया अजरेङ्‍का अस्ट्रेलियन ओपनको चौथो चरणमा पराजित

युक्रेनी खेलाडी डेयाना र नोस्कोभा क्वार्टरफाइनलमा
माघ ८, २०८० |कान्तिपुर टीभी संवाददाता
भिक्टोरिया अजरेङ्‍का अस्ट्रेलियन ओपनको चौथो चरणमा पराजित

काठमाडौं । अस्ट्रेलियन ओपनको चौथो चरणअन्तर्गत आज भएको खेलमा पूर्व विश्व नम्बर एक भिक्टोरिया अजरेङ्‍का पराजित भएकी छन् । डेयाना यस्त्रेम्स्काले अरजेङकालाई सोझो सेटमा हराएकी हुन् ।

खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । युक्रेनी खेलाडी डेयानाले टाइब्रेकरमा पुगेको पहिलो सेट ८-६ ले जितेकी थिइन् । दोस्रो सेटमा ६-४ को जित दर्ता गरेसँगै अरजेङ्‌काको यात्रामा पूर्णविराम लागेको हो । डेयानाले भोलि हुने क्वार्टरफाइनलमा लिन्डा नोस्कोभाको सामना गर्नेछिन् ।

आजै भएको खेलमा एलिना स्भितोलिनाले वाकओभर दिएपछि लिन्डा नोस्कोभा क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । खेलमा नोस्कोभाले ३-० ले जित दर्ता गरेको अवस्थामा उनले वाकओभर पाएकी थिइन् । अमेरिकी खेलाडी कोको गौफ र आर्यना सबलेङ्‌काले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । अन्तिम आठमा पुग्ने दुई खेलाडीको टुंगो लाग्न बने बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement