उल्भसमाथि सहज जित दर्ता गर्दै आर्सनलको चार अंकको अग्रता

मंसिर १७, २०८०
उल्भसमाथि सहज जित दर्ता गर्दै आर्सनलको चार अंकको अग्रता

लन्डन । इंग्लिस प्रिमियर लिगमा आर्सनलले उल्भसलाई २ - १ गोलले पराजित गरेको छ ।

घरेलु टोली आर्सनलले खेल सुरु भएको छैटौँ मिनेटमा बुकायो साकाको गोलमार्फत अग्रता लिएको थियो । १३ औं मिनेटमा मार्टिन ओडेगार्डले अग्रता दोब्बर बनाएका थिए । यो गोलका लागि अलेजान्द्रो जेन्चेन्को र गाब्रिएल जेजुसले आकर्षक सहकार्य गरेका थिए ।

आर्सनलले तेस्रो गोल गर्ने मौकाको सदुपयोग भने गर्न सकेन । दोस्रो हाफमा उल्भ्सले सुधारिएको प्रदर्शन गर्‍यो । ८६ औं मिनेटमा मेटेयस कुनियाहले आर्सनल गोलकिपर डेविड रायालाई परीक्षण गरेका थिए । तर उनको गोल आर्सनललाई रोक्न भने पर्याप्त भएन ।

यो जितपछि आर्सनलले तालिकामा चार अंकको अग्रता लिएको छ । उसको १४ खेलबाट ३३ अंक छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ र तेस्रो स्थानको लिभरपुलको २८ अंक छ ।

प्रियिमर लिगमा गएराति भएका अन्य खेलमा ब्रेन्टफर्डले लुटनलाई ३ - १ र बर्नलीले सेफिल्डलाज्ञ ५ - ० गोलले हरायो । एभर्टनले नटिङघम फरेस्ट माथि १ - ० गोलको जित हात पारेको छ ।