प्रो क्लब च्याम्पियनसिप क्रिकेटको दोस्रो संस्करण वीरगन्जमा

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रो क्लब च्याम्पियनसिप क्रिकेटको दोस्रो संस्करण वीरगन्जमा

काठमाडौं । प्रो क्लब च्याम्पियनसिपको दोस्रो संस्करण वीरगन्जमा हुने भएको छ ।

क्रिकेट संघ पर्साद्वारा आयोजित च्याम्पियनसिप पुस ५ देखि १४ गतेसम्म चल्ने छ । १० दिनसम्म चल्ने प्रतियोगितामा १९ खेलहरू हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने टोलीको नाम भने अहिले नै सार्वजनिक गरिएको छैन । यद्यपि राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ६ टोली प्रतियोगितामा सहभागी हुने एक विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

प्रतियोगितामा सहभागी हुने क्लबहरूलाई हाल आमन्त्रण गर्ने प्रक्रियामा रहेको आयोजकले जनाएको छ । सहभागीको नाम चाँडै घोषणा हुने र सामाजिक सञ्जालमार्फत जानकारी दिइने आयोजकको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.