नेपालले माल्दिभ्सलाई दियो २ सय १३ रनको विशाल लक्ष्य

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालले माल्दिभ्सलाई दियो २ सय १३ रनको विशाल लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ ।

चीनको हाङचोउस्थित झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो ।

नेपालका कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे ।

पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । गुलशन ३५ रनमा आउट भए । नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । कुशल भुर्तेल ३५ रनमा आउट भए ।

एक वर्षपछि पुनरागमन गरेका विकेट किपर विनोद भण्डारी १३, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट हुँदा सोमपाल कामीले एक बलमा एक रन बनाए ।

माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.