शीर्ष स्थानमा उक्लियो रियल मड्रिड

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
शीर्ष स्थानमा उक्लियो रियल मड्रिड

स्पेन । रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा जिरोनाविरुद्ध ३-० को सहज जित हात पार्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको १७ औँ मिनेटमा जोसेलुले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । जुड बेलिङ्घमको क्रसमा जोसेलुले गरेको प्रहार जिरोनाका गोलकिपरले रोक्न सकेनन् । त्यसको तीन मिनेटपछि चवामेनीले गोल गर्दै रियललाई २-० ले अघि बढाए ।

खेलको ७१ औँ मिनेटमा इंग्लिस स्टार बेलिङ्घमले गोल गर्दै रियललाई ३-० को सहज जित दिलाए । दोस्रो हाफको अतिरिक्त समयमा नाचोलाई रातो कार्ड देखाइएपछि रियल १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै लिग लिडर बनेको रियलले ८ खेलमा २१ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको २० अंक छ । पराजित जिरोना ८ खेलका १९ अंकसहित तेस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.