मछिन्द्रले भारतीय क्लब मोहन बगानसँग खेल्दै

श्रावण ३१, २०८० |कान्तिपुर टीभी संवाददाता
मछिन्द्रले भारतीय क्लब मोहन बगानसँग खेल्दै

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा आज नेपालको ‘ए’ डिभिजन लिग क्लब मछिन्द्र एफसीले भारतको इन्डियन सुपर लिग आईएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।

कोलकातास्थित साल्ट लेक स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजे खेल सुरु हुनेछ । गत साता काठमाडौंमा सम्पन्न पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै मोहन बगानसँगको भेट पक्का गरेको हो ।

मोहन बगानले सिधै दोस्रो चरण खेल्न लागेको हो । भिसा समस्याका कारण मछिन्द्रका लागि पहिलो खेल गुमाएका क्यामरुनी खेलाडी मेसुके ओलोमोउले आजको खेल्ने छन् । उनी भारतको सिक्किमबाटै क्लबको प्रशिक्षणमा पुगेका थिए ।

मोहन बगान भारतको बलियो टोली भए पनि जितकै लागि खेल्ने मछिन्द्रका प्रशिक्षक किशोर केसी र कप्तान विशाल श्रेष्ठले बताएका छन् । यस खेलको विजेताले प्लेअफ फाइनलमा बंगलादेशको अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ ।

प्लेअफको विजता टोली साउथ एसियन जोनबाट एएफसी कपको समूह चरणमा पुग्नेछ । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र उपविजेता बनेपनि च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नभएपछि लगातार दोस्रो पटक महादेशीय प्रतियोगितामा खेल्ने अवसर पाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement