नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाईको भिसा अझै आएन

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाईको भिसा अझै आएन

काठमाडौं । नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाईको दक्षिण अफ्रिकाको भिसा बुधबारसम्म आएको छैन ।

नेपाली क्रिकेट टोली एक साताअघि नै आईसीसी विश्वकपको छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगिसकेको छ । तर प्रशिक्षक देसाई भने भिसा नआएर भारतमै छन् । नेपाल क्रिकेट संघका सचिव दुर्गाबहादुर पाठकका अनुसार यदि भोलिसम्म उनको भिसा नआए उनलाई सीधैं जिम्बावे जाने प्रबन्ध मिलाइनेछ ।

नेपाली टोलीले भोलि स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । मोन्टी नपुगेको खण्डमा सहायक प्रशिक्षक वसन्त शाहीले टिमको नेतृत्व सम्हाल्नेछन् । नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

मोन्टी यस बिदामा अमेरिका गएका थिए । उतैबाट भिसाको प्रक्रिया अघि बढाए पनि आउन ढिलाइ भएपछि उनी भारत आएका थिए । भारतबाट पनि उनको भिसा निवेदन दिएको एक सातासम्म पनि आएको छैन ।

नेपाल विश्वकप छनोटअघि अभ्यासका लागि दक्षिण अफ्रिका पुगेको हो । नेपाल आगामी आइतबार जिम्बावे जानेछ । नेपालले आगामी जेठ ३० गते यूएई र जेठ ३२ गते ओमानसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समूहमा दुईपटकको विश्व विजेता वेस्ट इन्डिज, लिग टु प्रतिस्पर्धी अमेरिका, नेदरल्यान्ड्स जिम्बावे छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement