स्टुटगार्टले जोगायो शीर्ष डिभिजन क्लबको मान्यता

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
स्टुटगार्टले जोगायो शीर्ष डिभिजन क्लबको मान्यता

म्युनिख । जर्मन क्लब स्टुटगार्टले ह्यामबर्गलाई समग्रमा ६ - १ गोलले पराजित गर्दै अर्को एक वर्षका लागि आफ्नो शीर्ष डिभिजन क्लबको मान्यता जोगाएको छ ।

गएराति भएको बुन्डेसलिगा रेलिगेसन प्ले अफको दोस्रो लेगमा स्टुटगार्टले ह्यामबर्गमाथि ३ - १ गोलको जित हात पार्‍यो ।

पहिलो लेगमा उसलाई ३ - ० गोलको अग्रता थियो । ह्यामबर्गले पहिलो हाफमा १ - ० गोलको अग्रता लिएपनि जोगाउन सकेन । चौथो मिनेटमा सन्नी किटलले गोल गरेका थिए ।

४८ औँ मिनेटमा इन्जो मिलोटले बराबरी गोल फर्काए । ६४ औँ मिनेटमा उनैले गोल गरेपछि स्टुटगार्ट २ - ० ले अघि रह्यो । इन्जुरी समयमा सिलास काटोम्पाको गोलपछि भने ह्यामबर्गको शीर्ष डिभिजनमा बढुवा हुने सपना समाप्त भएको थियो । ह्यामबर्ग लगातार दोस्रो सिजन प्ले अफमा चुकेको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.