जेनेभा ओपनको उपाधिका लागि जेरी र दिमित्रोभ भिड्ने

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
जेनेभा ओपनको उपाधिका लागि जेरी र दिमित्रोभ भिड्ने

जेनेभा । विश्व नम्बर दुई एलेक्जेन्डर ज्वेरेभ जेनेभा ओपनको सेमिफाइनलबाट बाहिरिएका छन् ।

उनी चिल्लीका निकोलास जेरीसँग दुई सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । निकै रोमाञ्चक बनेको पहिलो सेटमा जेरीले टाइब्रेकरमा बाजी मारे ।

स्वीट्जरल्याण्डको लेक जेनेभामा भएको सेमिफाइनलको दोस्रो सेटमा ज्वेरेभले खासै चुनौती पेस गर्न सकेनन् । यो सेट जेरीले ६–३ ले जिते ।

यस अघि सन् २०१९ मा जेरी प्रतियोगिताको फाइनलमा पुगेका थिए । त्यसबेला ज्वेरेभसँग नै उनी पराजित भएका थिए । उक्त हारको बदला लिँदै उनले आइतबार हुने फाइनलमा ग्रिगोर दिमित्रोभसँगको भिडन्त पक्का गरेका हुन् ।

दिमित्रोभ अमेरिकी टेलर फ्रिट्जलाई ३–६ , ७–५ र टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेका हुन् । दिमित्रोभले ११ खेलपछि टुर लेभलमा जित दर्ता गर्न सफल भएका हुन् । उनी सन् २०१७ पछि पहिलो उपाधिको खोजीमा छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.