सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज-मनाङ मर्स्याङ्दी र सातदोबाटो-फ्रेन्ड्स आमनेसामने

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज-मनाङ मर्स्याङ्दी र सातदोबाटो-फ्रेन्ड्स आमनेसामने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । शीर्ष स्थानको चर्च ब्वाइजले मनाङ मर्स्याङ्दीसँग प्रतिस्पर्धा गर्दै छ ।

नवप्रवेशी चर्च ब्वाइजलाई शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने अवसर छ । पछिल्ला ५ खेलमा एक खेल मात्र हारेको चर्च ब्वाइजलाई आजको जितले उपाधि होडमा अझ बलियो बनाउनेछ ।

२० खेलमा ३७ अंक बनाएको चर्च ब्वाइज एक खेल बढी खेलेको मच्छिन्द्र क्लब भन्दा २ अंकले अघि छ । कीर्तिमानी ८ पटकको विजेता मनाङ भने जारी लिगमा रेलिगेसन जोनमा झर्ने खतरामा छ ।

२१औं चरणको सुरुवातसँगै मनाङ तालिकाको एघारौं स्थानमा पुगेको छ । मनाङ रेलिगेसन जोनको खुमलटार र फ्रेन्ड्सभन्दा तीन अंक मात्र अघि । मनाङको तालिकामा २४ अंक छ । मनाङ र चर्च ब्वाइजबीचको खेल च्यासल मैदान ललितपुरमा भइरहेको छ ।

यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा सातदोबाटो युथ क्लबले रेलिगेसन जोनको फ्रेन्ड्सको सामना गरिरहेको छ । सातदोबाटो फ्रेन्ड्सविरुद्ध उत्रदा नवौं जितको खोजिमा हुनेछ । २० खेलमा २९ अंक बनाएको सातदोबाटो चौथो स्थानमा छ । फ्रेन्ड्सको समान खेलमा २१ अंक छ भने तालिकाको १३औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.