सुदूरपश्चिम सरकारले दीपेन्द्रसिंह र भीम सार्कीलाई २–२ लाख रुपैयाँ दिने

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम सरकारले दीपेन्द्रसिंह र भीम सार्कीलाई २–२ लाख रुपैयाँ दिने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमबाट राष्ट्रिय क्रिकेट टिममा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ ।

हालै घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपालले विश्वकप क्रिकेटको छनोटमा स्थान पक्का गरेको छ ।

नेपाललाई विश्वकप क्रिकेटमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउने नेपाली टोलीलाई सुदूरपश्चिम सरकारले विशेष धन्यावाद पनि दिएको छ । साथै सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने टोलीका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही २–२ लाख रुपैयाँ दिने प्रदेश सरकारले घोषणा गरेको हो ।

राष्ट्रिय टिममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख रुपैयाँ र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी तथा अर्जुन साउदलाई ५०–५० हजार रुपैयाँ दिने प्रदेश सरकारले जनाएको छ । पाँच खेलाडीलाई कुल ६ लाख रुपैयाँ प्रदान गर्न लागिएको हो ।