एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपको स्वर्णको लागि नेपालकी सुष्माले प्रतिस्पर्धा गर्दै

माघ ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपको स्वर्णको लागि नेपालकी सुष्माले प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालकी सुष्मा तामाङले एसियन अन्डर ट्वान्टी टु बक्सिङ च्याम्पियनसिपको स्वर्ण पदकका लागि आज प्रतिस्पर्धा गर्दैछिन् ।

थाइल्यान्डको बैंककमा हुने फाइनलमा सुस्माको प्रतिद्वन्द्वी उज्वेकिस्तानकी फोजिलोभा फारजोना छिन् ।

नेपाली समयअनुसार दिउँसो साढे १२ बजेपछि खेल सुरु हुनेछ । ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने सुष्माले फाइनल अघि दिएको प्रतिक्रियामा बुद्धिमतापूर्वक खेल्ने बताइन् ।

उज्वेकिस्तानकी खेलाडीले पनि आफू जस्तै डिफेन्सिभ र अट्याकिङ दुवै खेल्ने हुँदा सोही अनुसारको रणनीति बनाएर कोर्टमा उत्रने उनको भनाइ छ। राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले सुष्मालाई भिडियो कन्फरेन्समार्फत सफलताको सुभकामना दिएका छन् ।

नेपालले एसियन स्तरको बक्सिङ प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो । सुष्माले मंगोलियाकी बेइसेनबेल जनारगुलीलाई रेफ्री स्टप कन्टेस्ट आरएससीका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् ।

नेपाली बक्सिङले ४६ वर्षीय इतिहासमा प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो ।   


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.