इरानविरुद्ध इंग्ल्यान्डको ६ - ० को सहज जित

मंसिर ५, २०७९
इरानविरुद्ध इंग्ल्यान्डको ६ - ० को सहज जित

दोहा । उपाधि दाबेदार इंग्ल्यान्डले कतार विश्वकपमा इरानविरुद्ध सहज जित निकाल्दै सुखद सुरुवात गरेको छ ।

सोमबार राति सम्पन्न खेलमा समूह ‘बी’ मा रहेको इंग्ल्यान्डले इरानमाथि ६ - २ को सहज जित निकाल्यो । इरानमाथि एकपक्षीय रुपमा हाबी भएको इंग्ल्यान्डले जितसँगै महत्वपूर्ण ३ अंक बटुलेको छ । इंग्ल्यान्डले समूहको शीर्ष स्थान ओगटेको छ ।

इंग्ल्यान्ड पहिलो हाफमै तीन गोलले अगाडि रहेको थियो । उसका लागि जुड बेलिङघमले गोलको खाता खोलेयता बुकायो साकाले दुई गोल गरे ।

यस्तै रहिम स्टर्लिङ, मार्कस रसफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका तर्फबाट मेहदी तारेमीले दुई गोल फर्काए । उनले दोस्रो गोल इन्ज्युरी समयको अन्त्यतिर पेनाल्टीबाट गरेका हुन् ।

इरानले चोटका कारण पहिलो हाफमा पहिलो रोजाइका गोलरक्षक सइद हुसेन हुसेइनीलाई गुमाएको थियो र यसले उसको खेल प्रभावित रह्यो ।


Enter Kantipur TV HD
Advertisement