नेपाल टी-२० लिगको तालिका सार्वजनिक

मंसिर ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपाल टी-२० लिगको तालिका सार्वजनिक

काठमाडौं । नेपाल टी–२० लिगको तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको पहिलो संस्करण डिसेम्बर १२ अर्थात् मंसिर २६ गतेदेखि सुरु हुनेछ ।

डबल राउन्ड रोविन लिगको उद्घाटन खेलमा काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स भिड्ने छन् । सोही दिन हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेष्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा शीर्ष स्थानमा रहने दुई टिम पहिलो क्वालिफायरमा प्रवेश गर्नेछन् । लिगमा तेस्रो र चौथो हुने एलिमिनेटरबाट दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछन् । यी दुईको विजेताबीच फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल १६ पुषमा हुनेछ । प्रतियोगितामा काठमाडौं र पोखरासहित विराटनगर सुपर किंग्स, फार वेष्ट युनाइटेड, जनकपुर रोयल्स तथा लुम्बिनी अल्स्टारले सहभागिता जनाउने छन् । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.