पहिरोले अवरुद्ध बेसीशहर–चामे सडक सञ्चालनमा

असार ४, २०८२ |आश गुरुङ
पहिरोले अवरुद्ध बेसीशहर–चामे सडक सञ्चालनमा

लमजुङ । पहिरोले अबरुद्ध बेसीशहर-चामे सडक सञ्चालनमा आएको छ ।  सडकखण्ड अन्तर्गत मर्स्याङदी गाउँपालिका ४, बुङछहरा नजिकै सडक माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा सडक अबरुद्ध बनेको थियो ।

बुधबार बिहान खसेको पहिरो सुरक्षाकर्मीको टोलिले सडक आयोजनासँगको समन्वयमा पन्छाएसँगै करिब ११ बजेबाट सडक सञ्चालनमा आएको डुम्रे-बेसीशहर-चामे सडक योजनाका सब इन्जिनियर सुमन अधिकारीले बताउनुभयो ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।