मलेखु–मुग्लिन सडकखण्ड बन्द हुने

जेष्ठ ३०, २०८२ |पोषनाथ अधिकारी
मलेखु–मुग्लिन सडकखण्ड बन्द हुने

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातको समयमा बन्द हुने भएको छ ।  राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन यस सडक खण्डमा  सञ्चालन नगर्न आयोजनाले सूचना मार्फत सम्वन्धीत सवैलाई आग्रह गरेको छ ।

मलेखु–मुग्लिन सडक खण्डस्थित केही स्थानीय खोलाहरुमा आरसीसी बिम राख्ने काम जारी रहेका कारण  असार ठ गतेसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने निर्माणाधिन सडक आयोजनाले सूचना जारी गरि जनाएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।