संखुवासभा । खाँदवारी नगरपालिका ९ मा रहेको धार्मिक स्थल मनकामना धाममा स्थानीय सुरेन्द्र श्रेष्ठ दम्पतीले २ सय १६ किलोग्रामको घण्टी चढाएका छन् । करिव ३४ लाख मूल्य पर्ने उक्त घण्टी खाँदवारीमा जन्मिएका श्रेष्ठले आफ्ना पितृको सम्झनामा चढाउनु भएको हो । श्रेष्ठ दम्पत्तीले घण्टाघर सहितको घण्टी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
मन्दिरका पुजारी सुर्यप्रसाद कट्टेलले श्रेष्ठ दम्पतीले चढाएको घण्टी जिल्लाकै सबैभन्दा ठुलो रहेको बताउनुभयो । ‘मन्दिरमा घण्टी भनेको महिलाका लागि गहनाजस्तै हो, उहाँहरुले चढाएको घण्टी आकर्षक र ठूलो भएकाले सबैको रोजाई बन्नेछ ।’ श्रेष्ठ दम्पत्ती हाल अमेरिका बस्दै आउनुभएको छ । मन्दिर परिसरमा प्रदान गरेको घण्टा संभवत संखुवासभा जिल्लाकै सबैभन्दा ठूलो मानिएको छ ।