भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आयोः सांसद जोशी

श्रावण १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आयोः सांसद जोशी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जाशीले भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गर्नुभएको हो । विधेयक स्पष्ट रूपमा नआउँदा भूमिहिनको नाममा बिचौलियाहरूले घुसपैठ गर्नसक्ने खतरा रहेको भन्दै सांसद जोशीले विधेयकलाई अझै स्पष्ट बनाउन जरूरी रहेको बताउनु भयो । 

उहाँले संविधानले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाईलाई भूमि उपलब्ध गराउने कुरा स्पष्ट रूपमा भनेको भए पनि कार्यान्वयन गर्न नसकिएको बताउनु भयो । भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुरामा सबै गम्भीर हुन जरूरी रहेको उहाँकाे भनाइ छ ।

भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुराको सुनिश्चितता गर्नेगरी विधेयक आउनुपर्नेमा सांसद जोशीले सरकारको ध्यानाकर्षण गराउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.