काठमाडौं । आन्दोलनरत सहकारीपीडितहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासअगाडि धर्ना दिएका छन् ।
सहकारी पीडितहरू विभिन्न स्थानबाट संकलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउन राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् । सहकारी पीडितहरुले रत्नपार्कमा भेला भएर राष्ट्रपति भवन शीतल निवासनजिकै पुगेर धर्ना दिएका हुन् ।
सहकारी पीडितले सहकारी ठगीमा संलग्नहरुको सम्पत्ति जफत गर्नुपर्ने, लघुवित्त संस्थाको खारेजी गर्नुपर्ने र ऋण मिनाहा गर्नुपर्ने माग राखेका छन् । यसैगरी, सहकारीको स्वनियमन खारेज गर्नुपर्ने, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चिता गर्नुपर्ने मागसमेत गरेका छन् ।
सरकारले आफूहरुसँग पटक-पटक सम्झौता गरे पनि कार्यान्वयन नभएको उनीहरुको भनाइ छ ।