काठमाडौं । आपसी भाइचारा र सदभावको पर्व होली जनकपरधामसहित आसपासका क्षेत्रमा आज हर्सोल्लासपूर्वक मनाइँदैछ ।
मिथिला क्षेत्रमा फागु पूर्णिमाको राति होलिका दहन गरेको भोलिपल्ट होली खेल्ने परम्पराअनुरूप आज मनाउन लागिएको हो ।
तिथिको हेरफेरका कारण यस वर्ष मिथिलाञ्चल क्षेत्रमा तीन दिन होली पर्व मनाइएको छ। होलीमा एक आपसमा अबिर लगाएर खुसी र आत्मियता साटासाट गर्ने परम्परा छ ।
त्रेतायुगमा हिरण्यकश्यपुले आगोमा नजल्ने वरदान पाएकी बहिनी होलिकासँग छोरा प्रहृलादलाई मार्न आगोमा पठाउँदा होलिका नै भष्म भएको र प्रहृलादलाई केही नभएको हिन्दू धार्मिक मान्यता छ ।
असत्य माथि सत्यको विजयी भएको र शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिको प्रतीक मानिएकी होलिका मारिएको खुसीयालीमा होली पर्व खेल्ने परम्परा सुरु भएको मानिन्छ। होलीको अवसरमा पुवा, पुरी, दही आचार र मासु जस्ता परिकारहरू बनाएर खाने चलन छ ।