संस्कृतमा आचार्य उत्तीर्ण दलित युवालाई धनगढी उपमहानगरले गर्‍यो सम्मान

भाद्र ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संस्कृतमा आचार्य उत्तीर्ण दलित युवालाई धनगढी उपमहानगरले गर्‍यो सम्मान

धनगढी । दलित समुदायबाट संस्कृतमा आचार्य उत्तीर्ण हुनुभएका कृष्ण दमाईलाई धनगढी उपमहानगरपालिकाले सम्मान गरेको छ ।

जातीय छुवाछूतले जकडिएको सुदूरपश्चिमबाट आचार्य गर्न सफल दमाईलाई उपमहानगरपालिकाले नगद १ लाख ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । 

उहाँलाई बाजागाजासहित धनगढीमा स्वागत गरिएको थियो । सम्मान कार्यक्रममा नगर प्रमुख गोपाल हमालले संस्कृत विश्वविद्यालयबाट आचार्य गर्न सफल दमाईलाई इच्छुक भए उपहामगरपालिकामा जागिर दिने बताउनुभयो । 

कानुनी रुपमा छुवाछूत हटे पनि व्यावहारिक रुपमा यस क्षेत्रमा अझै जातीय विभेदले जरा गाडेर बसेको भन्दै हमालले यसको अन्त्यका लागि सबै जागरूक हुनुपर्नेमा जोड दिनु भयो । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का दमाईले दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य उत्तीर्ण गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement