इलाममा मनाइयो रोपाइँ जात्रा (फोटो फिचर)

भाद्र ६, २०८१ |विप्लव भट्टराई
इलाममा मनाइयो रोपाइँ जात्रा (फोटो फिचर)

काठमाडौं । इलामको मौलिक पर्वका रुपमा स्थापित रोपाइँ जात्रा आज मनाइएको छ । रोपाइँ जात्रा मनाउन इलाम बजारमा मानिसहरुको बाक्लै उपस्थिति थियो ।

लोकधुनमा सार मिलाउँदै धान रोपेको अभिनय गरेर जात्रामा देखाइयो । अभिनय गर्ने बच्चा र तन्नेरीको लर्कोले बजार परिक्रमा गरेको थियो । हली, बाउसे, रोपहार, जातीय भेषभूूषामा सजिएका थिए । जात्रामा लाखे, वनकाइँला, वनकाइँली, सिल्भर मेन लगायतका विभिन्न पात्र र आकृतिको रोचक अभिनयमा दर्शक रमाएका थिए । 

इलाममा सुगौली सन्धीपछि नेवारहरुको बसोबास सुरु भएलगत्तै रोपाइँ जात्रालाई पर्वका रुपमा मनाउन थालिएको इतिहास छ । नेपाल भाषा तथा संस्कृति समाजले संयोजन गरेको जात्रामा सबै जातजातिका सांस्कृतिक, मौलिक र जातीय प्रस्तुति राखिएको थियो ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement