सांसद राईले भन्नुभयाे- श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित छैन

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सांसद राईले भन्नुभयाे- श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित छैन

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपसभामुख पदमा रूबीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । श्रम संस्मृति पार्टीले भूगोल, जात र धर्मका आधारमा बाँडिएका सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने उहाँको दाबी छ । 

उहाँले मधेशको प्रतिनिधित्वमार्फत उपसभामुखमा थाकुरलाई रोज्नुको कारण खुलाउँदै उहाँले मधेश प्रदेश सबैभन्दा बढी जनसंख्या भएको तथा विगतका शासकहरूबाट सबैभन्दा बढी उत्पीडनमा परेको क्षेत्र भएको उल्लेख गर्नुभयो । लोकतन्त्रको सुन्दर पक्ष नै प्रतिस्पर्धा भएको उल्लेख गर्दै उहाँले आफ्नो उम्मेदवारलाई समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.